• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

नारायणगडको पुल्चोकमा चलाइयो डोजर(तस्वीर सहित)

  • खबरदाता

नारायणगडको पुल्चोकमा चलाइयो डोजर(तस्वीर सहित)

पुस ८ ,२०७९/ टिकादत्त तिमिल्सिना

भरतपुर – सडक डिभिजन कार्यालय भरतपुरले नारायणगड बजार क्षेत्रमा डोजर चलाउन सुरु गरेको छ।

कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि शुक्रवार बिहानै देखि बजार क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचना सडक डिभिजन कार्यालयले आफै हटाउन थालेको हो ।

पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्दछन् । सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ । ती घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि एक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : पुस ८, २०७९, शुक्रवार १०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८