• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

राजावादीले गणतन्त्रवादी नेताहरूलाई खुवाएको त्यो शपथ…..

  • खबरदाता

राजावादीले गणतन्त्रवादी नेताहरूलाई खुवाएको त्यो शपथ…..

पुस ८, २०७९

 

राजनीतिक एउटा यस्तो क्षेत्र हो जहाँ नसोेचिएका कुुराहरु पनि भएरै छाड्छन् । तसर्थ भन्ने गरिन्छ राजनीतिमा कसैको कोही स्थायी शत्रु भन्ने नै हुँदैनन् । कुनै सन्दर्भमा एक अर्काप्रति कटु आलोचना गर्नेहरु सत्ता र कुर्सीका लागि भने ती सबै क्षणभरमै भूलेर सहयात्रा गर्न थाल्छन् ।

हिजोका दिनमा पनि दलहरुबाट यस्ता गतिविधि भए भने भोलिका दिनमा पनि हुने देखिन्छ । राजतन्त्रको नामै सुन्न नचाहने गणतन्त्रवादी नेताहरु तिनै राजावादी नेताको ट्याग लागेका पशुपतिशम्शेर राणाले गराएको शपथ ग्रहणपछि वैधानिक रुपमा सांसद बनेका छन् ।

राप्रपाका पूर्व अध्यक्ष समेत रहेका राणाबाट शपथग्रहण गर्नुपर्ला भनेर सायद गणतन्त्रवादी नेताहरु प्रचण्ड,केपी ओली,माधव नेपाललगायतका नेताहरुले कहीले पनि सोचेका थिएनन्। त्यसो त अहिलेको प्रतिनिधिसभा प्रतिनिधित्व गर्नेहरु सांसदहरु पनि विभिन्न जातजातिका छन् । त्यसैले त संसद भवन एउटा साझा फुुलबारी जस्तो भएको छ । सांसदहरूको आफ्नो जातीय पोसाकसहितको दृश्यले संसद् भवनमा अर्कै रौनक थियो ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिँदा बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मूलक हो भन्ने सत्यलाई पुष्टि गर्ने गरी आ–आफ्नै मौलिक पोसाकमा सजिएर आए । पोसाक मात्रै होइन हरेक सदस्यका हाउभाउ, बोलचाल र गतिविधिले स‌ंसद् भवन परिसरका दृश्य रोचक देखिन्थ्ये । महत्त्वपूर्ण समारोहमा सहभागी हुँदा आफ्नै भेषभूषामा सजिएर जाने चलन नेपालमा मात्र नभएर विश्वभर नै छ । यस्ता दृश्यले सिंगो मुलुकको प्रतिनिधित्व संसद् भवनमा देखिन्थ्यो ।

केही सांसद भने रमाइलो मान्दै बैठक कक्षदेखि संसद भवन परिसरमा मै सेल्फी र फोटो खिच्न व्यस्त भए ।शपथमा सहभागी हुँदा सांसदहरू निकै उत्साहित थिए । प्रतिनिधिसभाको अघिल्लो कार्यकालले गर्न नसकेका काम गरेर नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने दायित्व बोकेको छ ।

अहिले प्रतिनिधिसभामा कुनै पनि दलको एकल बहुमत नहुँदा तीनभन्दा बढी दल मिलेपछि मात्र सरकार गठन हुने अवस्था छ ।सरकारमा सहभागी सबै दलको सहमति नभई कुनै पनि निर्णय गर्न सहज हुने छैन ।त्यसो त प्रतिनिधिसभाको अहिलेको अप्ठ्यारो अंकगणितका कारण सरकार गठनका लागि स्पष्ट समीकरणसमेत बनेको छैन । सरकार बनाउनै दलहरूमा हम्मेहम्मे पर्ने देखिँदै छ । अझ कानुन बनाउन र सरकारलाई सहज रूपमा अघि बढाउन थप चुनौती छ ।

  • प्रकाशित मिति : पुस ८, २०७९, शुक्रवार ०६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८