• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देउवाकै कार्यकालमा फस्टायो वन्यजन्तुको चोरी शिकार

  • खबरदाता

देउवाकै कार्यकालमा फस्टायो वन्यजन्तुको चोरी शिकार

पुस २,२०७९

 

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एकरएक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एकरएक गैँडा मरेको उनले बताए । घडीयाल गोही र गौरीगाई तीनरतीन प्राकृतिक कारणले मरेका निकुञ्जको भनाइ छ ।

हात्ती, जरायो, बँदेल, कछुवा दुईरदुई पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एकरएक वटा मरेको छन् । तर कांग्रेस र माओवादीको गठबन्धनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला नै यति धेरै संरक्षित वन्यजन्तुको क्षति देशले किन बेहोर्‍यो भन्नेचाहिँ आश्चर्यजनक छ । सरकारले संरक्षणमा उदासिनता देखाएर हो या चोरी शिकारीलाई नै संरक्षण दिएर हो रु यसमा विज्ञसहितको छानबिन तथा अनुसन्धान हुनु आवश्यक देखिन्छ । यदि सरकारले यसको अध्ययनमा रुचि देखाएन भने नवनिर्वाचित सांसदहरुले संसदीय छानबिनकै लागि आवाज उठाउनुपर्छ ।

  • प्रकाशित मिति : पुस २, २०७९, शनिवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८