मंसिर २९,२०७९
भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन।
राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्ट अन्तर्गत नारायणी नदिकिनार स्थित निकुञ्जको कोर इलाकामा ६ महिनाको भाले गैंडा मृत भएटिएक हो। उक्त गैंडाको खाग नपलाएको जनाइएको छ।
यस्तै निकुञ्जको अमलटारी सेक्टर लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १५ बर्षको पोथी गैंडा समेत मृत अबस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गणेश अधिकारीले जानकारी दिए। मृत उक्त गैंडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । अधिकारीका अनुसार ६ महिनाको गैंडा बुधबार र १५ बर्षको गैंडा बिहिवार मृत भेटिएको हो।
चालु आर्थिक बर्षमा मृत्यू हुने गैडाको संख्या ५ पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८