• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्वतन्त्रबाट जितेपछि हौसिए प्रभु साह, छुट्टै दल खोल्ने तयारी

  • खबरदाता

स्वतन्त्रबाट जितेपछि हौसिए प्रभु साह, छुट्टै दल खोल्ने तयारी

मंसिर २८, २०७९

 

नेकपा एमाले स्थायी कमिटी सदस्य छँदै स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रभु साह हौसिएका छन् ।

रौतहट-३ बाट सांसदमा निर्वाचित भएका साहले नयाँ दल गठनका लागि गृहकार्य अगाडि बढाएका हुन् । मधेस केन्द्रित दल जसपा र लोसपाको जनाधार कमजोर भइरहेको र अर्कोतिर सिके राउत नेतृत्वको जनमत पार्टी उदाइरहेका बेला साहले पनि नयाँ दल गठन गर्ने भएका हुन् ।

साह यसअघि तीन पटक रौतहट(३ बाट माओवादी केन्द्रबाट निर्वाचन जितेका थिए । ०७७ फागुन २३ गते सर्वोच्च अदलातले एमाले र माओवादी केन्द्रको एकता भंग गरिदिएपछि साह एमालेतिर लागेका थिए ।

साह निकट नेता रामप्रित रामका अनुसार पार्टी गठन गर्ने योजना चुनावपछि मात्र बनेको हो । आमजनता पार्टीमा लगभग सहमति बनेको उनले बताए । पार्टी घोषणा गर्ने तयारीसँगै चुनाव चिह्नबारे पनि बहस छलफल सुरु भएको छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७९, बुधवार ०८:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८