• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

  • खबरदाता

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

मंसिर २७,२०७९

 

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा व्रतबन्धमा कार्जेमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको उनले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किने क्रममा अनियन्त्रित भई बस पल्टिएको बताए । तीव्र गतिका कारण बस सडकमा नै पल्टिएको हुनसक्ने उनको भनाई छ । सुनुवारले भने मृतकको सङ्ख्या यकिन भइनसकेको बताए ।

  • प्रकाशित मिति : मंसिर २७, २०७९, मंगलवार २१:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८