• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रहरीको रगतमा सत्ताको सौदाः राष्ट्रसेवकको नूर गिराएर देउवाको कुर्सी जोगिएला ?

  • खबरदाता

प्रहरीको रगतमा सत्ताको सौदाः राष्ट्रसेवकको नूर गिराएर देउवाको कुर्सी जोगिएला ?

मंसिर २७, २०७९

 

टीकापुर नरसंहारका मुख्य दोषीका रुपमा जन्मकैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको मुद्दा फिर्ता लिन ल्याएको अध्यादेश प्रमाणीकरण गर्न सरकारले राष्ट्रपति कार्यालयमा पठाएको छ । यो अध्यादेश जारी गरेपछि नियोजित विष्फोटका घाइतेलाई जिउँदै लगेर इँटा भट्टामा जलाउने कांग्रेस नेता मोहम्मद आफ्ताब आलमलाई पनि छुटाउने बाटो खुल्नेछ । यति गरेपछि आफ्नो सत्ता जोगिने र अरु एकाध वर्ष सिंहदरबारको सिंहासनमा ढुक्कले बस्न पाइने आकलन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका हुन सक्छन् । तर उनका लागि यो नै राजनीतिक पतनको अन्तिम पत्ता बन्ने जोखिम देखिँदै छ ।

नयाँ जनादेश आइसकेकाले यो सरकारले राजनीतिक वैधता गुमाइसकेको छ । देउवा प्राविधिक रुपमा प्रधानमन्त्री छन् र दैनिक प्रशासन चलाउने वा अन्य कुनै आपतकालीन अवस्था आए भरथेग गर्नेबाहेक अर्को कुनै निर्णय गर्ने अधिकार देउवालाई छैन । अझ यो सरकार त जनताबाट पूर्णतः अस्वीकृत भएको छ । कांग्रेसले गठबन्धनको सहारामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट पहिलाभन्दा केही सिट बढाउन सफल भए पनि लोकप्रिय मतमा देशभरबाट पराजित भएको छ । एमालेभन्दा झण्डै डेढ लाख मतले कांग्रेस पछि परेको छ । कांग्रेसबाहेक यस गठबन्धनका सबै घटकले हारेका छन् । जनताबाट अस्वीकृत भएको गठबन्धन सरकार र पराजित मन्त्रीहरु बसेर गरेको अध्यादेशसम्बन्धी निर्णय प्रथम दृष्टिमै दूषित देखिन्छ ।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता९पहिलो संशोधन० अध्यादेश,२०७९’ ल्याएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । अध्यादेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको २०७४ को ११६ को उपदफा ९८० पछि ९९० थपिएको छ ।

‘कुनै पनि राजनीतिक दल वा समूहले मुलुकको विद्यमान राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई सरकारसँग सहमति गरेको भए त्यो राजनीतिक दल वा समूहका नेता कार्यकताविरूद्ध नेपाल सरकार बादी भई चलाइएका मुद्दा फिर्ता लिन सकिनेछ,’ उक्त बुँदामा भनिएको छ।

यस्तै त्यस्ता मुद्दा फिर्ता लिन जुनसुकै अदालतमा विचाराधीन रहेको भए पनि बाधा नपर्ने भनिएको छ। यसअघिको सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जनमत पार्टी र थरुहट(थारुवान राष्ट्रिय मोर्चासँग सहमति गरेको थियो ।सत्ता गठबन्धनमा रहेका पाँच घटक मिलेर मात्र सरकार बन्न नसक्ने भएपछि यही गठबन्धन टिकाउन र सरकार गठनको सहजताका लागि अध्यादेश ल्याएको भन्नेमा कुनै दुई मत छैन । खासगरी नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकारसमक्ष राखेको थियो ।

उक्त पार्टीलाई नयाँ सरकारमा सामेल गराउन गठबन्धनले अध्यादेशको सहारा लिएको छर्लंगै देखिन्छ । तर यस अध्यादेशले संशोधन गर्न खोजिएको कानुनको मूल दफालाई नै खारेज गर्छ । अर्थात् कानुन र न्यायको मर्ममै प्रहार गरी अध्यादेश ल्याइएकाले यसलाई अदालतले मान्यता दिन सक्दैन । हालका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सत्ता गठबन्धनलाई चिढ्याउन नचाहे पनि बाँकी न्यायाधीशले यस्ता अलोकतान्त्रिक, अवैध र अन्यायपूर्ण अध्यादेशमा ठप्पा लगाउनुपर्ने कुनै आधार र कारण छैन । अझ यो अध्यादेश देउवा सरकारले नयाँ जनादेशप्राप्त संसदको क्षेत्राधिकारसमेत अतिक्रमण गरेर ल्याएको छ ।

रेशम चौधरीसहित टीकापुर नरसंहारका दोषीहरुलाई कार्यकारी आदेशका भरमा कानुनै संशोधन गरी अभयदान दिन खोज्नु कानुनी र राजनीतिक कोणबाट त त्रुटिपूर्ण छ नै, योभन्दा पनि डरलाग्दो पक्ष कानुनको कार्यान्वयन र पालना गराउने अनि समाजमा शान्ति सुव्यवस्था कायम गराउने प्रमुख सुरक्षा अंग नेपाल प्रहरीको मनोबल गिराउने कदम पनि हो यो ।

नेपाल प्रहरीका अधिकृतहरूलाई नियन्त्रणमा लिएर क्रूर र बर्बर तवरले मारिएको यस घटनालाई अदालतले हत्या मात्र नभई नरसंहार नै भनी व्याख्या गरेको छ । यसरी कर्तव्य पालनमा खटिएका प्रहरी अधिकृतमाथिको क्रूर र बर्बर शैलीको अपराधका अपराधीलाई उन्मुक्ति दिएर देउवा शासन सत्तामा रमाउन खोज्छन् भने बाँकी प्रहरीले तिनको आदेश किन मान्ने रु प्रहरी कुन मनोबलका साथ देशको सुरक्षामा खट्ने रु आफ्नो ज्यान जोखिममा राखेर प्रहरी र अरु सुरक्षाकर्मीले जनताको सुरक्षा र न्यायका निम्ति किन खट्ने रु देउवालाई देशको प्रधानमन्त्री मानेर सुरक्षा र सम्मान किन दिने रु सिंगो प्रहरी संगठनको मनोबल गिराएर समाजमा न्याय र सुव्यवस्था कायम गराउन कसरी सक्लान् देउवाले रु अहिले प्रहरीका माथिल्लादेखि तल्ला ओहोदामा रहेका हरेक कर्मचारीले गरिरहेको प्रश्न हो यो । देउवा यसै पनि आफ्नै पार्टी कांग्रेसमा असुरक्षित हुँदै गएका छन् ।

प्रहरीको रगतसँग सत्ताको सौदा गर्न खोजेको भनेर उनको चौतर्फी आलोचना सुरु भइसकेको छ । उनको आलोचनाको दर दिन दुगुना, रात चौगुना बढिरहेको छ । गगन थापाले उनीविरुद्ध संसदीय दलमा उम्मेदवारी दिने भनेपछि देउवाको हंसले ठाउँ छाडिसकेको छ । यही मौकामा उनका विरोधीहरुले आलोचनाका लागि गतिलो मसला पाएका छन् । पार्टीभित्र र बाहिरबाट देउवालाई इतिहासकै बदनाम पात्रका रुपमा चित्रित गर्ने क्रम पुनः सुरु भएको छ । यसै पनि जनमतले देउवालाई बाईबाई गर्न खोजिरहेका बेला आफ्नै कदमले पनि उनलाई लखेट्ने अवस्था बन्दै छ । रवि लामिछानेको नेतृत्वमा जनता सडकमा आउने र प्रहरीले देउवाको अवज्ञा गर्ने स्थितिलाई कसले कसरी सम्हाल्छ रु विरोधको लहरमा एमालेदेखि राप्रपासम्मै मिसिने हो भने देउवासँगै नवनिर्वाचित संसद पनि बढारिन बेर लाग्ने छैन । बेला न कुबेला देउवाले आफ्नै जिउमा झोँसेको आगोबाट अब उनलाई कसैले कतैबाट पनि बचाउन सक्ने स्थिति छैन ।

  • प्रकाशित मिति : मंसिर २७, २०७९, मंगलवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८