• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

फेशबुकबाट चिनाजानी भएका तीन किशोरबाट तीन बालिका बलात्कृत

  • खबरदाता

फेशबुकबाट चिनाजानी भएका तीन किशोरबाट तीन बालिका बलात्कृत

मंसिर २६, २०७९

 

 

पोखरा । पर्वत कुस्माका ३ जना नाावालिकाहरुलाई बागलुङको एक होटलमा जबर्जस्ती करणी गरेको अभियोगमा पोखराका ३ जना किशोर पक्राउ परेका छन् । बालिका र आरोपित किशोरहरु १६र१७ वर्ष उमेर समूहका हुन् ।

घटनाक्रम अनुसार ती किशोर र बालिकाबीच पहिलेदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान थियो । साथीको जन्म दिन मनाउन भन्दै पोखराबाट ती किशोरहरु गएको २४ मंसिरमा बागलुङ पुगेका थिए । त्यहाँ ती ३ जना किशोरीहरु र ३ जना किशोर बागलुङ–२ समिट चोकस्थित सोही राति बास बसेका थिए । एक्कासि बालिकाहरु हराएको भन्दै अभिभावकहरुले खोजी थालेकोमा बागलुङस्थित सो होटलमा पुग्दा उनीहरु बलात्कृत भएको खुलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा राखेर अनुसन्धान सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए । एसएसपी चौधरीका अनुसार पीडितको तर्फबाट बारदात भनिएको स्थान जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी परेको छ ।

  • प्रकाशित मिति : मंसिर २६, २०७९, सोमवार २०:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८