• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा

  • एजेन्सी

अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा

मंसिर २४, २०७९

 

तालिबानले महिलासहित २७ जना अफगानीहरूलाई ठुलो भीडको अगाडि कोर्रा लगाएको छ । गत वर्ष सत्तामा फर्किएपछि पहिलो पटक एक दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक दिनपछि सार्वजनिक रुपमा कोर्रा दिइएको हो ।

 

उनीहरूका मुख्य प्रवक्ताले सार्वजनिक सजायको अन्तर्राष्ट्रिय आलोचनालाई इस्लामको सम्मानको कमी भने । पहिलो पटक सत्तामा रहँदा कठोर शासनका लागि कुख्याती कमाएका तालिबानले नरम अप्नाउने बाचा गरे पनि तालिबानले बिस्तारै इस्लामिक कानुन वा सारिया कानुनको पुनः व्याख्या गरेका छन् ।

मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आलोचनाले मुस्लिमहरूको विश्वास, कानुन र आन्तरिक मामिलाहरूको सम्मान नगर्ने बताए । एक विज्ञप्तिमा सर्वोच्च अदालतले राजधानी काबुलबाट करिब ५० किलोमिटर ९३२ माईल० उत्तरमा परवान प्रान्तको राजधानी चारिकारमा बिहीबार २७ ‘अपराधीहरू’लाई कोर्रा लगाएको बताएको छ ।

  • प्रकाशित मिति : मंसिर २४, २०७९, शनिवार ०८:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८