• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

  • खबरदाता

सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

मंसिर २१, २०७९

कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने ‘पर्ख र हेर को नीति अख्तियार गरिरहेको छ ।

 

त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ९नेकपा एस० ले अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। पनि एमालेले सरकार गठनका लागि कुनै पहल थालेको देखिन्न ।

प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने पक्का छ । यस हिसाबले एमाले ७८ सिटसहित दोस्रो दल बनेको छ । कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटसहित पहिलो दल बनेको छ ।

यी दुई दलले सरकार गठनको पहल लिनुपर्नेमा कांग्रेसले आफू नेतृत्वको सत्ता गठबन्धन र एमालेबाहेकका दलहरूलाई मिलाएर सरकार गठनको पहल गरिरहेको छ । एमालेले भने देखिनेगरी कतै कुनै पहल गरेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ।

  • प्रकाशित मिति : मंसिर २१, २०७९, बुधवार ०७:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८