• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

क्रोएसिया क्वार्टफाइनलमा

  • खबरदाता

क्रोएसिया क्वार्टफाइनलमा

मंसिर २०, २०७९

 

 

विश्वकपको अन्तिम १६ को खेलमा जापानलाई पछि पार्दै साबिक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धकेलिएको थियो। उक्त समयमा पनि गोल हुन नसकेपछि माथिल्लो चरणमा जाने टोलीको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो। पेनाल्टी सुटआउटमा जापानका ताकुमा एसानोको पेनाल्टी मात्र सफल हुँदा पाकुमी मिनामिनो, काउरो मिटोमा, माया योशिडाको प्रहार विफल भयो। क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक र मारियो पासालिकले गोल गरे। मार्को लिभाजाको प्रहार भने विफल भयो।

यससँगै उसले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। समूह एफको उपविजेता क्रोएसिया पनि समूहमा अपराजित रहँदै नकआउटमा आएको थियो। पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा बेल्जियमसँग पनि गोलरहित बराबरी खेल्यो, जुन नतिजाका कारण बेल्जियम समूहचरणबाटै घर फिर्किएको थियो।

साबिक उपविजेता क्रोएसियाले दोस्रो खेलमा क्यानडालाई ४–१ ले पराजित गरेको थियो। क्रोएसिया लगातार दोस्रोपटक पेनाल्टी सुटआउटमार्फत विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो। यसअघि सन् २०१८ को विश्वकपमा पनि क्रोएसिया डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ ले पछि पार्दै क्वार्टरफाइनलमा पुगेको थियो।

  • प्रकाशित मिति : मंसिर २०, २०७९, मंगलवार ०७:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८