मंसिर १७,२०७९
नवलपरासी – संघीय सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी बिकासका काम अघि सुरु गरेका छन । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य चौधरीले निर्वाचन क्षेत्रका सवै पालिकामा पुगेर छलफल अघि बढाका हुन ।
उनले पहिलो चरणमा बर्दघाट नगरपालिका , प्रतापपुर गाउंपालिका र सुस्ता गाउंपालिकामा जनप्रतिनिधीहरुसंग छलफल गरी बिकासका लागि काम अघि बढाएका हुन । चौधरीले छिट्टै सरावल गाउँपालिकाका जनप्रतिनिधीसंग समेत छलफल गरिने कार्यक्रम छ ।
चौधरीले छलफलको क्रममा यस क्षेत्रको चातर्फी विकासका लागि पालिकाहरुसंग समन्वय गरी यस क्षेत्रको भौतिक पुर्वाधार सहित शिक्षा, स्वास्थ्य , खानेपानी , स्वरोजगार लक्षीय योजनाहरु प्राथमिकताका साथ अघि बढाईने प्रतिबद्धता व्यक्त गरे।
आफ्नो निर्वाचन क्षेत्रमा हालसम्म निर्माणाधिन अवस्थामा रहेको विभिन्न सडक सन्जाल , पुल , बाटो घाटो सहित विभिन्न योजनाहरुलाई तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफु यस क्षेत्र केन्द्रित हुने चौधरीले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८