• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

सप्तरीमा बेपत्ता राउतको हत्या

  • खबरदाता

सप्तरीमा बेपत्ता राउतको हत्या

मंसिर १४, २०७९

सोमवार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ ।

उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलवार फेला परेको हो ।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए ।

‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।

  • प्रकाशित मिति : मंसिर १४, २०७९, बुधवार १०:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८