• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रुकुम पश्चिममा शर्मासहित सबै माओवादी उम्मेदवार विजयी

  • खबरदाता

रुकुम पश्चिममा शर्मासहित सबै माओवादी उम्मेदवार विजयी

मंसिर ९ , २०७९

सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरे ।

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार ५४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार ९६१ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार २९५ सदर मत खसेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले ७९६, मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवार हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत प्राप्त गरेका छन् ।

रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र ९१० मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत ल्याएका छन्।

रुकुम पश्चिम प्रदेशसभा क्षेत्र ९२० मा माओवादी केन्द्रकै्र उम्मेदवार राजकुमार शर्माले २० हजार १६० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले ८ हजार ८८ मत प्राप्त गरेका छन् ।

  • प्रकाशित मिति : मंसिर ९, २०७९, शुक्रवार ०६:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८