• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

रेखा शर्मासंग १९६ मतले हारे एमाले महासचिव पोखरेल

  • खबरदाता

रेखा शर्मासंग १९६ मतले हारे एमाले महासचिव पोखरेल

मङ्सिर ८, २०७९

एमाले महासचिव शंकर पोखरेल पराजित भएका छन्। दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्।

यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ। निर्वाचन अधिकृतले अन्तिममा जोड घटाउ गर्दा दुई चार मत तलमाथि हुनसक्ने सेतोपाटीलाई बताए।

एमालेका महासचिव पोखरेल लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री हुन्।

२०७० को निर्वाचनमा दाङबाट हारेका उनले २०७४ को निर्वाचनमा एमाले(माओवादी गठबन्धनबाट प्रदेश सांसद जितेका थिए।

उनी २०६४ मा समानुपातिकबाट सांसद बनेका थिए। २०५१ मा पहिलो पटक सांसद बनेका पोखरेलले २०५६ मा भने निर्वाचन हारेका थिए।

  • प्रकाशित मिति : मंसिर ८, २०७९, बिहीवार ११:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८