मंसिर ८,२०७९
युवा ज्योतिष पं.सागर गुरागाँई
आज मिति २०७९ साल मंसिर ८ गते बिहीबार, ई.सं २४ नोभेम्बर, २०२२ । तिथि-मार्ग शुक्लपक्ष प्रतिपदा, नक्षत्र-अनुराधा, योग-अतिगण्ड, करण- किंस्तुघ्न, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः३३, सूर्यास्तः १७ः०७ ।
मेष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
वृष : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।
मिथुन :अरूको काम गर्दा पनि आफैँलाई फाइदा पुग्नेछ ।
कर्कट :प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
सिंह : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
कन्या : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउने छैनन् ।
तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
वृश्चिक : सरकारी कडिकडाउको शिकार भइनेछ ।
धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
मकर : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८