• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मुस्ताङ १ बाट प्रदेशसभामा कांग्रेसका गुरुङ निर्वाचित

  • खबरदाता

मुस्ताङ १ बाट प्रदेशसभामा कांग्रेसका गुरुङ निर्वाचित

मंसिर ५, २०७९

 

मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।

नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् ।

निर्वाचित भएका गुरूङ स्थानीय तह निर्वाचनमा लोमान्थाङ(४ को वडाध्यक्षमा पराजित भएका थिए।

मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । अहिले मुस्ताङ प्रदेशसभा ९२० को मतगणना चलिरहेको छ ।

  • प्रकाशित मिति : मंसिर ५, २०७९, सोमवार १६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८