• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

मतदान गर्न चितवन आइपुगे अध्यक्ष दाहाल

  • खबरदाता

मतदान गर्न चितवन आइपुगे अध्यक्ष दाहाल

 

मंसिर ३,२०७९

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुगेका हुन।

उनले चितवन क्षेत्र नं ३ बाट मतदान गर्नेछन । भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा उहाँले मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । उनले बिहान ७ बजे मतदान गर्ने जनाइएको छ।

आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष दाहाल अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण भएको अधिकारीले बताए । अध्यक्ष दाहाल बिहानै मतदान गरेर गोरखा जाने कार्यक्रम रहेको छ ।

  • प्रकाशित मिति : मंसिर ३, २०७९, शनिवार २०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८