• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राजस्व छलेको आरोपमा भरतपुरका गुप्ता बिरुद्ध मुद्दा

  • खबरदाता

राजस्व छलेको आरोपमा भरतपुरका गुप्ता बिरुद्ध मुद्दा

कात्तिक २०, २०७९

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ताविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले गुप्ताविरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजस्व चुहावट गरेको अभियोग लगाएको छ ।

विभागले रु तीन करोड ८० लाख ५९ हजार पाँच सय २६ बराबरको बिगो दाबी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७९, आइतवार २०:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८