• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुस्ता डुवान समस्या दिर्घकालीन समाधान गर्न चौधरीको पहल

  • खबरदाता

सुस्ता डुवान समस्या दिर्घकालीन समाधान गर्न चौधरीको पहल

 

कात्तिक १८,२०७९

राष्ट्रिय समस्याको रुपमा स्थापित नवलपरासीको सुस्तामा प्रत्येक बर्ष दोहोरिने बाढी र डुवानको समस्या समाधान गर्न बिनोद चौधरीले कुटनितीक पहल अगाडी बढाएका छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिनुहुने चौधरीले नारायणी नदीका कारण प्रत्येक बर्ष सुस्ता , प्रतापपुर लगायतका स्थानमा देखिएको बाढी तथा डुवानको समस्यालाई भारतसंग अनौपचारीक रुपमा छलफल तथा कुटनितीक पहल द्धारा समस्या समाधान गर्नु पहल अगाडी बढाउने भएका हुन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति चौधरी हाल नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० प्रतिनिधी सभा निर्वाचन १मा चुनावी प्रतिष्पर्धामा छन । मतदाता माझ पुग्नु भएका चौधरीले मतदातालाई नारायणी नदीका कारण हुने डुवानको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडी बढाएका छन ।उक्त क्षेत्रमा बाढिका कारण करिब १० हजार परिवार पिडित छन् ।

अझ यस क्षेत्रमा बर्षेनी समस्याको रुपमा देखिएको वाढी तथा ढुबानको समस्यालाई समाधान गर्न दिर्घकालीन सिचाई योजना अगाडी बढाउनुपर्ने एजेण्डा अघि बढाएपछि आममतदाता चौधरी प्रति आशावादी बनेका देखिन्छन । यस वारेमा समेत चौधरीले भारत स्थित जलस्रोत सम्वन्धि निकायसंग परामर्श गरी नारायाणी नदीबाट हुदै आएको डुवान तथा कटानको समस्या समाधान गर्न पहल अघि बढाउने भएका हुन ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथसंग निकट मानिने चौधरीले बिशेष गरी सुस्ता र नारायणी नदीमा देखिएको समस्या दिर्घकालीन रुपमा समाधान गर्न भारतीय उत्तर प्रदेश देखी संघीय सरकारमा आफ्नो व्यक्तीगत र सरकारी स्तर मा समेत पहल कदमि अघि बढाएका हुन।
यतिबेला राष्ट्रिय राजनितिमा चुनावी क्षेत्र मध्ये पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्रमा नम्बर १ समेत निकै चर्चामा छ । नेपाली कांग्रेसका नेता एवंम् नेपालका एक मात्र अर्वपति बरिष्ठ उद्योग पति विनोद चौधरी चुनावी प्रतिष्पर्धामा रहेका कारण नेपाल भित्र मात्र होईन नेपाल वाहीर समेत चुनावी रौनक आएको हो ।

बिशेष गरी त्रिबेणी छोटी भन्सार कार्यालयबाट दिईने सेवा विस्तार, राष्ट्रिय गौरभको आयोजनाको रुपमा रहेको पुर्व पश्चिम राजमार्ग बुटवल –नारायणगढसडक खण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तिव्रता लगायतका काममा थालेको पहलले सरोकारवाला निकायमा समस्या समाधान गर्न क्रियाशिल भएको पाईन्छ ।

यसैगरी यस अगाबै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्र सहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापका भारतीय क्षेत्र देखिएका कारण बैक तथा वित्तिय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने बैकिङ लगानी तत्काल अगाडी बढाउन चौधरीले बैंक तथा वित्तिय संस्थाहरुमा पहल थालीसकेका छन ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७९, शुक्रवार १४:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८