• मंसिर २२, २०७९, बिहीवार Thursday, 08 December, 2022
centreal college

इतिहास कसैले मेटाएर मेटिने कुरा हैन : बिकाश कोइराला

  • खबरदाता

इतिहास कसैले मेटाएर मेटिने कुरा हैन : बिकाश कोइराला

कात्तिक १६,२०७९

 

चितवन स् नेपाली काङ्ग्रेस चितवनका पुर्ब सभापति बिकाश कोइरालाले इतिहास कसैले मेटाएर नमेटिने बताएका छन।

नेपाली काङ्ग्रेस चितवनले मंगलबार जारी गरेको बिज्ञप्तिमा पुर्ब सभापतिबाट कोइरालाको नाम हटाएपछि कोइरालाले प्रतिक्रिया दिदै आफु २०६७ सालमा चितवन काङ्ग्रेसको निर्वाचित सभापति भएको र यो इतिहास कसैले मेट्न नसक्ने बताएका हुन।

यदि कसैले तानाशाह बनेर कसैको इतिहासमाथी धावा बोल्छ भने त्यो आफै पतन भएर सकिने कोइरालाको भनाइ थियो। खबर मुलुकसंगको कुराकानीमा उनले भ, ‘ने म पुर्ब सभापति हु भनेर कसैलाइ भनिरहनु पर्दैन। म पहिले पनि काङ्ग्रेस अहिले पनि काङ्ग्रेस ।पार्टीको कुनै पनि पदमा नभए पनि म पार्टीकै लागि लडिरहेको छु अनि म संग किन डराउनु र ? यो निर्णय अहिलेका सभापति खनालजीले एक्लै गरेको निर्णय होला जस्तो मलाइ लाग्दैन। खनाल पढेको मान्छे हुन। राजनीति गरेको र जानेको मान्छे हुन उहाँले यस्तो निर्णय गर्न सक्नु हुन्न। अहिले सभापतिलाई कसैले प्रयोग गरिरहेको छ। अरुले प्रयोग गर्दै गर्दा आफ्नो राजनीतिका यात्रा कसरि अगाडि जाला भनेरचै सभापति आफैले बुझ्नु पर्छ । उहाँको राजनीतिक यात्रा अझै निकै लामो छ।’

आफुले गर्न लागेको चियापान कार्यक्रम प्रति कसैले डराउनु नपर्ने उनको भनाइ छ। उनले भने,’ मैले चियापानको आयोजना गर्दा कसैले आत्तिनु पर्दैन।मैले कुनै उमेदवारलाइ बोलाएको छैन । पार्टीका जिम्मेवार ब्यक्तिलाई पनि आमन्त्रण गरेको छैन अनि किन डराउनु पर्‍यो र ?’

‘अब चितवनका काङ्ग्रेसले छोराको ब्रतबन्ध गर्दा छोरीको बिवाहा गर्दा खेतबारिमा काम गर्न जाँदा पनि पार्टी सभापतिको अनुमति लिनु पर्ने हो र रु सबैको आ आफ्नै ब्यक्तिगत लाइफ हुदैन र ?’ आफु केहि समय देश बाहिर रहेको र ठुला चाडबाडमा साथिभाइहरुसंग शुभकामना आदानप्रदान गर्न नपाएको हुनाले भेटघाट गर्ने उदेश्यले एकै ठाउँमा चिया खाने मेलो मिलाएको उनले बताए ।यति मात्र होकि म नेपाल आएहै भनेर जानकारि गराउन मात्रै खोजेको हुँ। तर पार्टीका साथिहरु भेला हुने भएकोले आउँदो चुनाबको बारेमा केहि कुराकानी हुन सक्ने उनको भनाइ थियो।

काङ्ग्रेस सभापति राजेश्वर खनालले जारि गरेको बिज्ञप्तिमा बिकाश कोइराला र कृष्णलाल सापकोटाको नाम पुर्ब सभापतिबाट हटाइएको छ । कोइराला २०६७ सालका निर्वाचन रामकृष्ण घिमिरेलाइ २० मतले हराएर सभापति बनेका हुन भने सापकोटा २०४६ को जन आन्दोलनमा जिल्ला सभापतिऐ थिए।यसपछि पनि उनी धेरैपटक काङ्ग्रेसको जिल्ला सभापति बनेका थिय।

कोइरालाले आज दिउँसो १ बजे उद्योग बाणिज्य संघको सभाहलमा चियापानको आयोजना गरेका छन।

  • प्रकाशित मिति : कात्तिक १६, २०७९, बुधवार ०९:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८