• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

समाजसेवी चुकेद्वारा पत्रकार महासंघ चितवनलाई जग्गा दान

  • खबरदाता

समाजसेवी चुकेद्वारा पत्रकार महासंघ चितवनलाई जग्गा दान

कात्तिक ४,२०७९

 

चितवन – समाजसेवी बालगोपाल चुकेले नेपाल पत्रकार महासंघ चितवनलाई जग्गा दान दिने भएका छन। भरतपुर महानगर पालिका- ३ ,बेलचोक नजिकै रहेको १० धुर जग्गा चुकेले महासंघलाई उपलब्ध गराउने भएका हुन।

महासंघ चितवन शाखाले सो स्थानमा बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्ने जनाएको छ। आफ्ना बुबा अनन्तलाल र आमा गंगादेवीको नाममा जग्गा उपलब्ध गराउने गरि शुक्रवार जग्गा दाता चुके र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

चुकेले यसअघिनै बुबा आमाका नाममा पत्रकारिता पुरस्कार स्थापना गरिसकेका छन। जग्गा प्राप्त भएसँगै सो पुरस्कारलाई महासंघले निरन्तरता दिने सम्झौतामा उल्लेख गरिएको छ । सो जग्गासँगैको करिब दुई कठ्ठा सार्वजनिक जग्गा भरतपुर महानगरपालिकाले यसअघिनै संरक्षणका लागि महासंघलाई दिने निर्णय गरिसकेको छ । शाखा अध्यक्ष अधिकारीकाअनुसार चुकेले प्रदान गर्ने जग्गामा भवन र सार्वजनिक जग्गामा पार्किङ, उद्यान निर्माण गरिनेछ ।

जग्गा प्राप्त भएसँगै विस्तृत अध्ययन प्रतिवेदन तयार गरी भवन निर्माणको काम अघि बढाइने अध्यक्ष अधिकारीले बताए । भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता भरतपुर महानगरपालिकाले जनाएको छ भने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ ।

जग्गादाता चुकेले पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आर्थिकरुपमा सक्षम बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले बुबाआमाको नाममा जग्गा दिने निर्णय गरेको बताए ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७९, शुक्रवार १५:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८