• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

ट्रसद्वारा नाटकीय राजीनामा घोषणा

  • खबरदाता

ट्रसद्वारा नाटकीय राजीनामा घोषणा

कात्तिक ४, २०७९

लन्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको ६ सातापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन् । कर कटौतीको दक्षिणपन्थी ‘प्लेटफर्म’ विघटन भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यमध्ये धेरै सांसदले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा गरेकी हुन् ।

डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले ‘प्रधानमन्त्रीबाट राजीनामा दिएको तर टोरी नेताका रूपमा काम गर्न उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्रीका रूपमा रहने’ बताएकी छन् । प्रभावशाली सांसद ग्राहम ब्राडीले ‘खेल समाप्त भएको’ बताएपछि उनले भनेकी छन्, ‘हामी सहमत भएका छौं कि अर्को साताभित्र नेतृत्व चुनाव सम्पन्न हुनेछ ।

यसले हामी हाम्रो वित्तीय योजना पूरा गर्ने बाटोमा रहन र देशको आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षा कायम राख्न सुनिश्चित गर्छ । उत्तराधिकारी नछानिएसम्म म प्रधानमन्त्रीकै रूपमा रहनेछु ।’ लेबर पार्टीका नेता केइर स्टार्मरले ‘विपक्षी दलले ट्रसको छोटो, संकटग्रस्त कार्यकालपछि आमनिर्वाचन’ माग गरेका छन् ।

हाउस अफ कमन्समा बुधबार अबेर राति भएको महत्वपूर्ण मतदानमा एक प्रमुख मन्त्रीले राजीनामा दिएको र टोरीका धेरै सांसदले विद्रोह गरेपछि ट्रस राजीनामा घोषणा गर्न बाध्य भएकी हुन् ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७९, शुक्रवार ०६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८