कात्तिक १, २०७९
४३५ म्यादी तराईका २० जिल्लामा खटाइने
यसरी खटिनेछन् निर्वाचनमा म्यादी र नेपाल प्रहरी
सामान्य निर्वाचनस्थल
नेपाल प्रहरी – ३
म्यादी – ५
संवेदनशील निर्वाचनस्थल
नेपाल प्रहरी – ३
म्यादी – ६
अतिसंवेदनशील निर्वाचनस्थल
नेपाल प्रहरी – ३
म्यादी – ९
नेपाल प्रहरीले निर्वाचनस्थलको सुरक्षा संवेदनशीलताका आधारमा आठदेखि १२ जनासम्म सुरक्षाकर्मी खटाउने भएको छ । अतिसंवेदनशील निर्वाचनस्थलमा १२, संवेदनशीलमा नौ र सामान्यमा आठजना सुरक्षाकर्मी खटाउने तयारी गरेको हो । निर्वाचन आयोगका अनुसार मुलुकभर १० हजार ८९२ निर्वाचनस्थल तोकिएका छन् । यी निर्वाचनस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका छन् । जसअनुसार तीन हजार ४१२ स्थल अतिसंवेदनशील सूचीभित्र परेका छन् । यी निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका ३ र म्यादी ९ गरी १२ जना सुरक्षाकर्मी खटिनेछन् ।
चार हजार ४२० स्थल संवेदनशील सूचीभित्र परेका छन् । उक्त स्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ गरी नौ सुरक्षाकर्मी खटिनेछन् । त्यस्तै, तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका छन् । उक्त स्थलमा भने नेपाल प्रहरीको तीन र म्यादी पाँच गरी आठजना सुरक्षाकर्मी खटिनेछन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले मुलुभरका निर्वाचनस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको र सोही आधारमा नेपाल प्रहरी र म्यादी प्रहरीका सुरक्षाकर्मी खटाउने तयारी भएको बताए । उनले भने, ‘मुलुकभर १० हजार आठ सयभन्दा धेरै निर्वाचनस्थल निर्धारण गरिएका छन् । सुरक्षा संवेदनशीलताका आधारमा हामीले त्यसलाई तीन खण्डमा विभाजन गरेका छौँ । सोही आधारलाई विश्लेषण गरेर नेपाल प्रहरी र म्यादी प्रहरी खटाउने तयारीमा नेपाल प्रहरी जुटेको छ ।’
०७४ को निर्वाचनमा जस्तो अहिले मुलुकमा सशस्त्र समूहका गतिविधि क्रियाशील छैन । ०७४ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको समूहले आफ्ना सशस्त्र गतिविधि तीव्र बनाएका थिए । तर, यसपटक दुवै समूह शान्तिपूर्ण बाटोमा अवतरण भइसकेका छन् । सरकारले यसपालि यस्ता समूहको खतरा नदेखे पनि अन्तरपार्टी विवाद र पार्टीगत बाहुल्यलाई सुरक्षा चुनौती ठानेको छ । त्यसबाहेक विगत चुनावका गतिविधि, भौगोलिक विकटता, सञ्चार तथा प्राविधिक समस्या, उम्मेदवारको पृष्ठभूमि, निर्वाचनप्रति जनताको धारणालगायतका विषयलाई पनि सरकारले सुरक्षा चुनौती ठानेको छ । सोही आधारमा मुलुकभरका निर्वाचनस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन खण्डमा वर्गीकरण गरेको नेपाल प्रहरीको भनाइ छ ।
नेपाल प्रहरीका डिआइजी टेकप्रसाद राईले भने, ‘निर्वाचनमा सुरक्षा थ्रेटका केही ‘पारामिटर’ हामीले बनाएका छौँ । सोही आधारमा निर्वाचनस्थल तीन खण्डमा वर्गीकरण भएका हुन् । यसमा अन्तरपार्टी विवाद र पार्टीगत बाहुल्य, चुनावका गतिविधि, भौगोलिक विकटता, सञ्चार तथा प्राविधिक समस्या, उम्मेदवारको पृष्ठभूमिलाई हामीले आधार बनाएका छौँ ।’
४३५ म्यादी तराईका २० जिल्लामा खटाइने
सरकारले तराईका करिब २० जिल्लालाई सुरक्षा संवेदनशीलताका आधारमा उच्च प्राथमिकतामा राखेको छ । भर्ना गरिएका कुलमध्ये ४३।७० प्रतिशत म्यादी ती जिल्लामा खटाउने नेपाल प्रहरीको तयारी छ । जसमध्ये सबैभन्दा धेरै मोरङमा खटिनेछन् ।
तथ्यांकअनुसार मोरङमा तीन हजार ६१६ म्यादी प्रहरी खटिनेछन् । त्यसपछि धनुषामा तीन हजार ४८६, झापामा तीन हजार ४९०, सर्लाहीमा तीन हजार ३०७, सप्तरीमा तीन हजार दुई ७८, बारामा तीन हजार १४४ र रुपन्देहीमा तीन हजार ९५ म्यादी प्रहरी खटिनेछन् । त्यसबाहेक काठमाडौंमा पनि धेरै म्यादी प्रहरी खटिनेछन् । तथ्यांकअनुसार काठमाडौंमा तीन हजार २७९ म्यादी प्रहरी खटाउने तयारी छ ।नयाँपत्रीकामा समाचार छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८