असोज ३०,२०७९
चितवन -सत्ता गठबन्धनका दलहरुले चुनाबी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन।
चितवन क्षेत्र नम्बर १ मा आइतबार उनीहरुले चुनावी भेलाको आयोजना गरेक छन।
भेलामा बोल्दै वक्ताहरुले गठबन्धनको जितनै जनताको जित भएकोले सबै एक भएर एकजुट भएर गठबन्धका उम्मेदवारलाई जितकुन आग्रह गरे। गठबन्धनका उम्मेदवार हरुले आफू समग्र चितवनको विकासको लागि प्रतिबद्ध रहेको बताए ।
सो भेलामा चितवन क्षेत्र नम्बर १ गठबन्धनका साझा उमेद्वार नेपाली काङ्रेसका तर्फबाट डा.विश्वनाथ पौडेल, क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेद्वार नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज तथा पार्टी पोलिटव्युरो सदस्य कृष्ण शर्मा खनाल ,क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेद्वार तथा नेपाली काङ्रेसका क्षेत्रीय सभापति किरण भुषण ओलीले मन्तव्य राखेका थिए।
यस्तै नेपाली काङ्रेसका तर्फ बाट प्रतिनिधि सभाका समानुपातिक उमेद्वार भिम प्रसाद थपलिया ,बाग्मती प्रदेश सभाका समानुपातिक उमेद्वार चन्द्र कुमारी चौधरी , नेकपा माओवादीका पोलिटव्युरो सदस्य इश्वरी भट्टराई , नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य बाबुराम पाठक, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य डमर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम गठबन्धनका जिल्ला अध्यक्ष तथा नेपाली काङ्रेसका नेता शेषनाथ अधिकारीको अध्यक्षता मा समपन्न भएको थियो। कार्यक्रम नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव कुल प्रसाद लामिछानेले सन्चालन गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८