• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देशका सबै क्षेत्रबाट १४ दिन ढिला गरी बाहिरियो मनसुन

  • खबरदाता

देशका सबै क्षेत्रबाट १४ दिन ढिला गरी बाहिरियो मनसुन

असोज ३० ,२०७९

 

देशका सबै भागबाट यो वर्षको मनसुन बाहिरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि देशका सबै भागबाट सरदरभन्दा १४ दिन ढिला गरी देशका सबै भागबाट बाहिरिएको हो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन आइतबारदेखि देशको समग्र भूभागबाट बाहिरिएको छ।’

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट शनिबार नै मनसुन बाहिरिएको थियो । यस वर्ष छिटो गरी गएको जेठ २२ गते पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो ।

नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष सो मिति भन्दा १४ दिन ढिलो गरी मनसुन बाहिरिएको हो ।

  • प्रकाशित मिति : असोज ३०, २०७९, आइतवार १३:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८