असोज २८,२०७९
निर्वाचन आयोगबाट चुनाव चिह्न पाए लगत्तै प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरु भोट माग्दै मतदाताको घर दैलोमा पुग्न थालेका छन् ।
चुनावी गठबन्धनका कारण यतिखेर कुनै पनि दलको ध्यान घोषणापत्र छैन । नेताहरू चुनावी तालमेल र गठबन्धन निर्माणमा केन्द्रित हुँदा घोषणापत्र निर्माण ओझेलमा परेको हो ।
विचार,सिद्धान्त र दर्शनलाई लत्याउँदै चाहे त्यो सत्ता या प्रतिपक्षी दल किन नहोस् जसरी पनि चुनाब जित्ने दाउमा छन् । पहिला पहिला घोषणापत्र हेरेर जनताहरु भोट हाल्थे । अहिले त्यो छैन ।
घरघर पगेका राजनीतिक दलका उम्मेदवारसँग चुनावी घोषणापत्र भने छैन । उनीहरु आकर्षक घोषणापत्र बनाउनेमा समय खर्चिने भन्दा पनि जुन ठाउँमा पग्यो त्यहाँको अवस्था हेरेर आश्वासन दिन थालेका छन् । हुन त जनताले पनि बुझिसकेकी घोषणापत्र भनेको आश्वासनको पोकोमात्रै हो ।
दलहरुले घोषणापत्रमा भने बमोजिम मात्र काम गर्ने हो भने देश यतिखेर विकसित देशको दाँजोमा पगेको ह’ने थियो । कांग्रेस, एमाले र माओवादीका विगतका च’नावी घोषणा पत्र पल्टाएर हेर्ने हो भने ती अहिलेसम्म पनि पूरा भएको छैन ।
अहिले मतदातालाई आश्वस्त पार्न उम्मेदवारलाई अप्ठ्यारो परेको छ। दलहरूले चुनावी घोषणापत्रमा जेजस्ता सपना देखाए, पाँच वर्षपछि पनि ती सपना मात्रै छन्।
दलहरूले चुनावी घोषणापत्र जस्तो महत्त्वपूर्ण सङ्कल्पलाई कागजको खोस्टो बनाइरहेका छन्। एमालेको विगतका घोषणापत्र पल्टाएर हेर्ने हो भने सबथोक छ, कार्यान्वयन छैन ।
चुनावको मिति घोषणालगत्तै एमाले, कांग्रेस र माओवादी केन्द्रले कार्यदल नै बनाएर चुनावी घोषणापत्रको तयारी थालेका थिए ।मतदाताले दलका घोषणापत्रसँगै उम्मेदवारको व्यक्तिगत छवि र निकटतालाई पनि महत्व दिन्छन् । दलका कतिपय पत्याउनै नसकिने आश्वासनप्रति भने मतदाताको खासै रुची राख्दैनन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८