असोज २७, २०७९
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप ५ दिनको म्याद थप गरेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले नेपालप्रेसलाई बताए । यसअघि पहिलोपटक २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो । अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८