असोज २६,२०७९
चितवन – चितवनको क्षेत्र नम्बर ३ मा एमालेले उम्मेदवारी फिर्ता गराएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र इमेल मार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा आएको जनाइएको छ।
एमाले केन्द्रको निर्देशन आएपछि जिल्लाका एमाले कार्यकर्ता पार्टी नेतृत्वसंग असन्तुष्ट बनेका छन।
उम्मेदवारी दिएका चितवनका जिल्ला अध्यक्ष समेत रहेका रामप्रसाद न्यौपानेले भने आफुलाई यसबारेमा थाहा नभएको बताए ।उनले भने,; मलाई यो बारेमा जानकारी छैन केन्द्रलाइनै सोध्नुस।’
चितवन क्षेत्र नम्बर ३ मा न्यौपानेसहित २१ जनाको उम्मेदवारी दर्ता भएको थियो । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा। भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् । पूर्वकांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पनि चितवन(३ मा उम्मेदवारी दिएका छन् । एमालेले उम्मेदवारी फिर्ता लिए पनि कसलाई समर्थन गर्ने भन्ने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
उम्मेदवारी फिर्ता पछी कसलाई समर्थ गर्ने भन्ने निर्णय भइनसकेको बताइए पनि काङ्ग्रेसबाट बागि उम्मेदवार बनेका दिनेश कोइराला समर्थ गर्ने अनुमान गरिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८