असोज ११,२०७९
चितवन – नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर वेपत्ता भएका छन ।
धादिङ्ग महाविरबेशी घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट बस्ने बर्ष १६ का अभिषेक अधिकारी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पौडी खेल्ने क्रममा अधिकारी मंगलबार दिउसो सवा १ बजे डुबेर वेपत्ता भएका हुन । उनी डुबेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट देबघाट र वडा प्रहरी कार्यालय नारायणगढको विपदउद्धार सहितको टोलीद्धारा खोजतलास भईरहेको छ ।
हालसम्म उनी फेला पर्न सकेका छैनन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८