• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

  • खबरदाता

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

असोज १०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

 

निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा नेपाली सेनालाई मतपत्र छपाइको सुरक्षा, ढुवानी, निर्वाचन स्थलको सुरक्षा, विस्फोटक पदार्थ निष्क्रिय गर्नेलगायतका सुरक्षा जिम्मेवारी तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : असोज १०, २०७९, सोमवार ०७:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८