• असोज १५, २०७९, शनिवार Saturday, 01 October, 2022
centreal college

टिकौलीमा ट्याङकरले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु

  • खबरदाता

टिकौलीमा ट्याङकरले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु

असोज ६,२०७९

चितवन –  ट्याङकरले स्कुटरलाई ठक्कर दिंदा चितवनमा एक जनाको मृत्यु भएको छ।

 

प्रहरीले जनाए अनुसार बिहिवार साँझ अन्दाजी पौने ६ बजेको समयमा भरतपुर -९ स्थिति टिकौली जंगलमा बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको ना ७ ख ३७२३ नम्बरको तेल बोक्ने ट्याङकरले भरतपुरबाट टांडी तर्फ गई रहेको बा ८३ प ५५३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा घाइते स्कुटर चालक भरतपुर- ९ गोन्द्राङ बस्ने बर्ष ६१र६२ को प्राण जवारा गम्भिर घाईते भई नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोमा निजको उपचारकै क्रममा साँझ ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले दुबै सवारी साधन र ट्याङकर चालक हेटौंडा ११ नवलपुर बस्ने बर्ष ३८ को तुलाराम मैनाली प्रहरी नियन्त्रणमा रहेका छन।

  • प्रकाशित मिति : असोज ६, २०७९, बिहीवार २०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८