• असोज १५, २०७९, शनिवार Saturday, 01 October, 2022
centreal college

नेकपा एस रत्ननगर नगर कमिटी पुनर्गठन, अध्यक्षमा श्रेष्ठ

  • खबरदाता

नेकपा एस रत्ननगर नगर कमिटी पुनर्गठन, अध्यक्षमा श्रेष्ठ

 

असोज ६,२०७९

 

चितवन – नेकपा एकीकृत समाजबादि पार्टीले रत्ननगर नगर कमिटी पुनर्गठन गरेको छ।

रत्नगर नगर कमिटीको बिहिवार बसेको बिस्तारित बैठकले हरि कुमार श्रेष्ठको अध्यक्षतामा ८१ सदस्य नयाँ कार्यसमिति पुनर्गठित गरेको हो।

कमिटीको उपाध्यक्षमा रामहरि अधिकारी ,चिन्तामणि आचार्य र निरज श्रेष्ठ रहेका छन।यस्तै सचिबमा इश्वरराज अधिकारी रहेका छन भने उक्त भेलाले सरस्वती लामा ,माधब थपलिया र गोकर्ण गिरिलाई सह सचिबमा निर्बिरोध निर्बाचित गरेको हो।

बद्रीनाथ घिमिरेको अध्यक्षतामा बसेको सो बिस्तारित बैठकको प्रमुख अतिथिमा पार्टीका केन्द्रिय उपाध्यक्ष केदार न्यौपाने र विशिष्ट अतिथिमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल रहेका थिए।

यस्तै अन्य अतिथिहरुमा नेकपा एसका जिल्ला अध्यक्ष डा कृष्ण राज पन्त, जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद न्यौपाने लब्लि र अरुण पिडित भण्डारी तथा जिल्ला सचिब कुल प्रसाद लामिछाने समेत रहेका थिए।

  • प्रकाशित मिति : असोज ६, २०७९, बिहीवार १७:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८