• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न तीन जना पक्राउ

  • खबरदाता

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न तीन जना पक्राउ

असोज ६,२०७९

दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन ।

बुधबार अपराह्न खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।

त्यसपछि घटनास्थल पुगेका प्रहरीले घाइते गुरुङलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पु¥याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा साँझ नै उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण सो घटना भएको हुनसक्ने आशङ्का गरिएको छ ।

  • प्रकाशित मिति : असोज ६, २०७९, बिहीवार १४:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८