• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

चार दलको निश्कर्ष : राष्ट्रपतिले संवैधानिक व्यवस्था माथि प्रहार गरिन

  • खबरदाता

चार दलको निश्कर्ष : राष्ट्रपतिले संवैधानिक व्यवस्था माथि प्रहार गरिन

असोज ५, २०७९

 

सत्तारुढ चार दलले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्था माथि प्रहार गरेको निश्कर्ष निकालेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले असोज ५ गते संयुक्त विज्ञप्तीमार्फत राष्ट्रपतिको आलोचना गरेका हुन्।
नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संघीय संसद्को अपमान र अवमुल्यन भएको विज्ञप्तीमा उल्लेख छ।

विधेयक प्रमाणीकरण नगर्दा जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्य मान्यतामा प्रहार भएको नेताहरूले उल्लेख गरेका छन्।

  • प्रकाशित मिति : असोज ५, २०७९, बुधवार १३:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८