• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको लंकुमा सुनको सिक्री लुटेको अभियोगमा एक पक्राउ

  • खबरदाता

भरतपुरको लंकुमा सुनको सिक्री लुटेको अभियोगमा एक पक्राउ

असोज २,२०७९

 

चितवन – भरतपुर महानगर पालिका- ४ को लंकुस्थिति सडकमा सुनको सिक्री लुटेको अभियोगमा एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा भरतपुर २३ घर भइ हाल भरतपुर -४ स्थिति सृजना टोल बस्ने बर्ष ४३ को झलक जैसि रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निजले भदौ २३ गते बिहान ८ बजेको समयमा सोहि स्थान बस्ने बर्ष ७० की खगेश्वरी भुषालले लगाएको सिक्री लुटेर फरार भएका थिए।

अनुसन्धानका क्रममा जैसिलाइ असोज १ गते सुनको सिक्री, घटना घटाउँदा प्रयोग गरेको ना ४३ प ७४८५ नं. को स्कुटर सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असोज २, २०७९, आइतवार २०:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८