• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

विदेशीले नेपालबाट लैजान्छन् आठ अर्ब

  • खबरदाता

विदेशीले नेपालबाट लैजान्छन् आठ अर्ब

भदौ २६, २०७९

नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो ।

 

विश्व बैङ्कले पनि सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा चार करोड ४१ लाख (करिब साढे पाँच अर्ब रुपियाँ) अमेरिकी डलर बाहिरिएको छ । त्यसअघि सन् २०१९ मा छ करोड, २०१८ मा चार करोड ९४ लाख, २०१७ मा तीन करोड ३४ लाख, २०१६ मा दुुई करोड र २०१५ मा ९० लाख अमेरिकी डलर रहेको विश्व बैङ्कको तथ्याङ्क छ । यद्यपि औपचारिक माध्यमबाट बाहिरिएकोभन्दा धेरै रकम अनौपचारिक माध्यमबाट बाहिरिइरहेको अनुमान राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : भदौ २६, २०७९, आइतवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८