• असोज १५, २०७९, शनिवार Saturday, 01 October, 2022
centreal college

नेकपा एसका जिल्ला सचिबालय सदस्य लामिछाने पार्टीबाट निष्कासित

  • खबरदाता

नेकपा एसका जिल्ला सचिबालय सदस्य लामिछाने पार्टीबाट निष्कासित

भदौ २३,२०७९

 

चितवन ( नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजबादि ) ले चितवन जिल्ला कमिटीका सचिवालय सदस्य सम्भु प्रसाद लामिछानेलाइ पार्टीबाट निष्कासन गरेको छ।

उक्त पार्टीले एक बिज्ञप्ति जारी गर्दै खैरहनी नगरपालिका -१ निवासी लामिछानेलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको जनाएको छ।

खैरहनी नगरकमिटीका इन्चार्ज र अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य समेत रहेका लामिछानेले पार्टीको बैधानिक ब्यबस्था र मर्यादामा आँच आउने काम गरेको ,बिरोधिहरुसंग साँठगाँठ गरि पार्टी बिरोधि गतिविधि गर्दै हिंडेकोले कारबाही गर्नु परेको जनाइएको छ।

लामिछानेलाई पार्टीको अन्तरिम बिधान २०७८ को धारा ६४ (क) को १,२,३,४,५,६ र १३ बमोजिम कारबाही गरिएको पार्टी अध्यक्ष डा कृष्ण पन्त द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

  • प्रकाशित मिति : भदौ २३, २०७९, बिहीवार १४:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८