• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कठोर बन्दै निर्वाचन आयोग, आमचुनावमा दलहरुलाई लगाम !

  • खबरदाता

कठोर बन्दै निर्वाचन आयोग, आमचुनावमा दलहरुलाई लगाम !

स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिलाई चुनाव लड्नबाट रोकेको निर्वाचन आयोगले आगामी प्रदेश र संघीय निर्वाचनमा पनि कठोर कदम चालेको छ

भदौ  ७, २०७९

स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिलाई चुनाव लड्नबाट रोकेको निर्वाचन आयोगले आगामी प्रदेश र संघीय निर्वाचनमा पनि कठोर कदम चालेको छ । बहालवाला जनप्रतिनिधिले चुनाव लड्ने भए उम्मेदवारी अघि राजीनामा दिनुपर्ने व्यवस्था कायम गरेर आयोगले स्थानीय चुनावमा राज्यको स्रोतसाधनको दुरुपयोग हुनबाट जोगाएको थियो ।

आगामी ४ मंसिरमा तय भएको प्रदेश र संघीय निर्वाचनमा पनि आयोगले कसिलो व्यवस्था अगाडि बढाएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार ०७४ मा भएको निर्वाचित मितिबाट कार्यकाल गणनाको प्रावधान अनुसार प्रदेश र संघका सांसदको पदावधि २१ मंसिरमा सकिन्छ । तर, अहिलेका जनप्रतिनिधिको कार्यकाल भने मनोनयन दिएसँगै सकिने उनले बताए । उम्मेदवारी दिएसँगै सांसदको कार्यकाल सकिएमा चुनावमा राज्यको स्रोतसाधनको दुरुपयोग रोकिने आकलन गरिएको छ ।

कार्यकाल सकिन लाग्दा ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ मार्फत हुन लागेको खर्चमा आयोगले अंकुल लगाएको हो ।आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आसन्न निर्वाचनका प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वाभाविक मान्न सकिँदैन । अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने देखिन्छ ।’

चुनावमा प्रधानमन्त्रीको दौडाहा रोक्ने प्रयास

आयोगले चुनावमा प्रधानमन्त्री र स्थानीय जनप्रतिधिलाई चुनावप्रचार प्रचारमा सहभागी हुन रोक लगाउने प्रयास गरेको छ । आयोगले सोमबार संघ सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री तथा कार्यपालिकाका सदस्यहरु कुनै पनि दलको चुनाव प्रचारमा सहभागी हुन नपाउने प्रस्ताव गरेको हो ।यद्यपि, आफैं उम्मेदवार भएका मन्त्रीहले भने आफ्नो क्षेत्रमा चुनाव प्रचार प्रसार गर्न पाउने छन् ।

उम्मेदवारले मनोनयनपत्रसँगै सम्पत्ति विवरण बुझाउनुपर्ने
चुनावमा उम्मेदवारले मनोनयनपत्रसँगै सम्पत्ति विवरण पनि बुझाउनुपर्ने भएको छ । यस्तो विवरणलाई आयोगले मतपरिणाम सार्वजनिक नभएसम्म गोप्य रूपमा राख्ने छ भने मतपरिणाम सार्वजनिक भएपछि सार्वजनिक गरिनेछ । पराजित हुने जनप्रतिनिधिले सम्पत्ति विवरण फिर्ता मागेमा भने दिनेछ । फिर्ता माग नभएमा नष्ट गरिनेछ ।

सांसदलाई बजेट बाँड्न रोक
यो वर्ष संघीय सांसदलाई सरकारले बजेट छुट्याएको त छैन तर प्रदेश सरकारले भने बजेट छुट्याएका छन् ।तर, चुनावका बेला यसरी रकम खर्चिदा चुनाव प्रभावित हुने भन्दै रोकिदिएको छ । प्रदेश १ मा एक करोड र गण्डकीमा दुई करोडका दरले सांसदलाई बजेट विनियोजन भएको थियो ।

कार्यकाल सकिन लाग्दा ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ मार्फत हुन लागेको खर्चमा आयोगले अंकुल लगाएको हो ।आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आसन्न निर्वाचनका प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वाभाविक मान्न सकिँदैन ।अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने देखिन्छ ।’

चुनावमा प्रधानमन्त्रीको दौडाहा रोक्ने प्रयास
आयोगले चुनावमा प्रधानमन्त्री र स्थानीय जनप्रतिधिलाई चुनावप्रचार प्रचारमा सहभागी हुन रोक लगाउने प्रयास गरेको छ । आयोगले सोमबार संघ सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री तथा कार्यपालिकाका सदस्यहरु कुनै पनि दलको चुनाव प्रचारमा सहभागी हुन नपाउने प्रस्ताव गरेको हो ।यद्यपि, आफैं उम्मेदवार भएका मन्त्रीहले भने आफ्नो क्षेत्रमा चुनाव प्रचार प्रसार गर्न पाउने छन् ।

एक दलबाट मुख्य दुई प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने
चुनावमा हरेक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने भएका छन् । आयोगले सोमबार जारी गरेको निर्वाचन आचारसंहितामा भनिएको छ, ‘राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने ।’

उम्मेदवारले मनोनयनपत्रसँगै सम्पत्ति विवरण बुझाउनुपर्ने
चुनावमा उम्मेदवारले मनोनयनपत्रसँगै सम्पत्ति विवरण पनि बुझाउनुपर्ने भएको छ । यस्तो विवरणलाई आयोगले मतपरिणाम सार्वजनिक नभएसम्म गोप्य रूपमा राख्ने छ भने मतपरिणाम सार्वजनिक भएपछि सार्वजनिक गरिनेछ ।पराजित हुने जनप्रतिनिधिले सम्पत्ति विवरण फिर्ता मागेमा भने दिनेछ । फिर्ता माग नभएमा नष्ट गरिनेछ र सम्पत्ति विवरणसँगै उम्मेदवारले व्यक्तिगत विवरण बुझाउनुपर्ने छ ।

  • प्रकाशित मिति : भदौ ७, २०७९, मंगलवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८