• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस नेता गिरीको निधनमा कल्याणपुर नगरपालिकाद्वारा शोक बिदा

  • खबरदाता

कांग्रेस नेता गिरीको निधनमा कल्याणपुर नगरपालिकाद्वारा शोक बिदा

भदौ ६, २०७९

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ ।

लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो । उहाँको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो ।

  • प्रकाशित मिति : भदौ ६, २०७९, सोमवार ०८:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८