• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

सोमबारदेखि युरो कप बास्केटबल प्रतियोगिता

  • खबरदाता

सोमबारदेखि युरो कप बास्केटबल प्रतियोगिता

भदौ ५,२०७९

युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १२ टोलीको सहभागिता रहने युरो स्कुलकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

यु–१७ उमेरसमूहमा उक्त प्रतिस्पर्धा हुने छ । नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताका खेल हात्तीगौडास्थित कोर्टमा खेलाइने छ । फाइनल खेल यही भदौ १३ गते हुनेछ ।

  • प्रकाशित मिति : भदौ ५, २०७९, आइतवार २०:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८