• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हिंसा पिडित महिलासँग आदर्श नारी विकास केन्द्रको ‘आदर्शसंग अतिथि कार्यक्रम’

  • खबरदाता

हिंसा पिडित महिलासँग आदर्श नारी विकास केन्द्रको ‘आदर्शसंग अतिथि कार्यक्रम’

 

भदौ ५,२०७९

आदर्श नारी विकास केन्द्र भरतपुर चितवनले आदर्शसंग अतिथि कार्यक्रम सुरु गरेको छ ।

कुनैपनि बेला विविध घटनामा परेका तर न्याय पाएपछि पनि अन्यौलतामा बाचिरहेका प्रभावित महिलाहरुलाई प्रेरणा दिन र महिलामाथिको हिंसा निराकरणका उपायको खोजी गर्न यो कार्यक्रम शुरु गरेको बताइएको छ। अभावलाई शक्तिमा ,पिडालाई आँट र हिम्मतमा परिणत गरि सफल बन्नुभएकी संस्थाकी आजीवन सदस्य सुमन सिलवाल (सामना पहाड) संग पहिलो अंकमा उनको जीवन भोगाई र आगामी यात्राबारे छलफल गरिएक थियो । सिलवाल विभिन्न बाधा र अवरोह पार गर्दै हाल निजामति अधिकृत तहमा कार्यरत छिन । सिलवालले पितृसत्ताका कारण आफ्नो जीवनमा पनि नसोचेको घटना भएको र यो पीडालाई हिम्मतमा परिणत गरि सफल बनेको यथार्थ प्रस्तुत गरिन । जिवनमा अगाडी बढ्न इच्छाशक्ति र निरन्तरको लगाव अनिवार्य हुने उनको बुझाई छ । “पितृसत्ताको कारण महिलाहरु खुलेर आफ्नो लक्ष्यमा अगाडी बढ्न सकेका छैनन् उनले भनिन ,हामीले दिने संस्कारले पितृसत्तालाई मलजल गरिरहेको र यसले महिलामाथिको हिंसा बढाएको छ ।” महिला हिंसा विरुद्ध गरिने अबका कार्यक्रम चासो व्यक्त गर्ने मात्र नभई समस्याको निराकणतर्फ केन्द्रित हुनुपर्ने उनको निष्कर्ष थियो ।

सबै प्रकारका हिंसा शोषण र अन्यायमा परेका महिला तथा बालबालिकाको न्यायका लागि लड्दै आएको संस्थाले प्रेरणादायी व्यक्तिसंग समसामयिक महिलाका विषयमा छलफल गराउने उद्धेश्यले अतिथिसंग आदर्श कार्यक्रम शुरु गरेको संस्थाका अध्यक्ष मीना खरेलले जानकारी दिइन । अध्यक्ष खरेलले पछिल्लो समयमा घरेलु हिंसाका घटना डरलाग्दो रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै घरबाहिर भन्दा घरभित्र ८० प्रतिशत घटना हुने गरेको बताइन् ।

कानुनी न्याय प्राप्त गरेपछि पनि व्यक्ति र सामाजिक दृष्ट्रिकोणमा परिवर्तन नआउंदा अन्यौलता कायमै हुँदा थप मानसिक समस्या थपिदै गएको खरेलले भन थियो ।

संविधानले लिगंको आधारमा कुनैपनि भेदभाव गर्न पाइदैन भनेपनि घरभित्रको हिंसा नरोकिएको अधिबक्ता इन्दु कोइरालाले बताइन । यसका लागि घरेलु हिंसा नियन्त्रण ऐन २०६६ आएको तर यो ऐनमै सिमित रहेको उनको भनाइ थियो। दिनप्रतिप्रति बढ्दो हिंसाका घटनाले सामाजिक सामिप्यता र पारिवारिक आत्मियता घटेको भन्दै उनले बालयौनदुराचारका घटनाले त झन् परिवार र आफन्तसंगको विश्वास समेत गुमिरहेको बताइन ।

बढ्दो महिला तथा बालबालिका माथिको हिंसा निराकरणका लागि आदर्श नारीले विशेष कार्यक्रम मार्फत अभियान सञ्चालन गर्न लागेका संस्थाका उपाध्यक्ष उषा खरेल सुवेदीले बताइन।
थ्यग कभलत

  • प्रकाशित मिति : भदौ ५, २०७९, आइतवार १०:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८