• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माओवादीलाई बहुपद नै ‘घाँडो’, महासचिव कहिले छान्लान प्रचण्डले ?

  • खबरदाता

माओवादीलाई बहुपद नै ‘घाँडो’, महासचिव कहिले छान्लान प्रचण्डले ?

भदौ ४, २०७९

नेकपा माओवादी केन्द्रको गत पुसको प्रथम राष्ट्रिय सम्मेलनले पुनः बहुपदीय प्रणालीमा जाने निर्णय गरेको थियो ।माओवादीले बहुपदमा जाने निर्णय त गर्‍यो, तर सम्मेलन सकिएको आठ महिना पुग्दा पनि पदाधिकारी चयन गर्न सकेको छैन ।खासगरी महासचिवमा नेताहरूले आआफ्नो दाबी नछाडेपछि दबाबमा परेका प्रचण्डले कुनै निर्णय गर्न सकेको छैनन् । यसअघि माओवादीले २०६७(६८ तिरै बहुपदमा जाने निर्णय गरे पनि कार्यान्वयन भएको थिएन । अध्यक्षबाहेकका पदमा प्रभावकारी अभ्यास थिएन ।

शक्ति बस्नेत, पम्फा भुसालको दाबी पनि महासचिवमै हो ।स्थायी कमिटी बैठकले पदाधिकारी चयनको जिम्मा प्रचण्डलाई दिएको थियो । प्रचण्ड नियमित आन्तरिक छलफलमा छन् । त्यसका लागि बिहीबार बैठक डाके पनि बस्दै नबसी स्थगित भयो । शुक्रबार पनि कुनै निर्णय हुन सकेन । आज शनिबार फेरि स्थायी कमिटी बैठक डाकिएको छ ।महासचिवमा पुन र शर्माले दाबी नछाडेपछि प्रचण्डले गुरुङलाई महासचिव बनाउने तयारी थालेको माओवादी स्रोतको दाबी छ ।माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, महासचिवमा सहमति नजुट्दा अन्य पदाधिकारी चयन हुन नसकेको हो । महासचिव कसलाई बनाउने अध्यक्षज्यूको हातको कुरा हो ।’

पदाधिकारीको संख्या १५ बाट २१ पुर्‍याइयो
माओवादीमा यसअघि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने प्रावधान थियो । तर, आकांक्षी धेरै भएपछि पदाधिकारी संख्या १५ बाट बढाएर २१ कायम गरिएको छ । माओवादीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र कोषाध्यक्ष रहनेछन् ।

सम्मेलनले अध्यक्षमा प्रचण्डलाई चयन गर्दा नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाएको थियो । माओवादीको २१ सदस्यीय पदाधिकारीमध्ये हालसम्म तीन जना मात्र चयन गरेको छ । बाँकी पदाधिकारी अझै टुंगो लाग्न सकेको छैन ।

  • प्रकाशित मिति : भदौ ४, २०७९, शनिवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८