• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

बन्दकर्ताद्वारा चितवनमा दुई वटा ट्रकमा आगजनी

  • खबरदाता

बन्दकर्ताद्वारा चितवनमा दुई वटा ट्रकमा आगजनी

 

फागुन १६,२०७८

चितवन – एमसिसि पास भएको बिरोधमा उत्रिएका बन्दकर्ताले चितवनमा २ वटा ट्रकमा आगजनी गरेका छन।

पश्चिम् चितवनको रामपुरमा इँटा बोकेर आएको ना ६ ख ५५३४ नम्बरको ट्रकमा आगजनी गरेका छन। आगजनीबाट ट्रकमा सामान्य क्षति भएको चितवन प्रहरी प्रबक्ता नरहरी अधिकारीले जानकारी दिए।

यस्तै भरतपुरको ओरालोमा भुस बोकेको ट्रकमा पनि बन्दकर्ताले आगजनी गरेका छन । चौबीसकोठीबाट नारायणगढ तर्फ जाँदै गरेको ना ४ ख ४३२५ नम्बरको ट्रकमा बन्दकर्ताले पेट्रोल छर्केर आगो लागाएका थिए।

प्रत्यक्षदर्सिका अनुसार भरतपुर ओरालोको नहर नजिक एउटा मोटरसाइकलमा आएका ३ जनाले सिसामा ढुङ्गा हानेर पेट्रोल छर्केर आगो लगाइ भागेका थिए । तत्काल भरतपुर महानगरपालिकाको दमकलले आगो निभाएको थियो।

आइतबार अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि ) संसदबाट पास भएपछि त्यसको बिरोध कम्युनिस्टका ६ घटक र दुई मोर्चाले आज नेपाल बन्दको आयोजना गरेका थिए।

  • प्रकाशित मिति : फागुन १६, २०७८, सोमवार ०८:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८