असोज १४,२०७८
चितवनमा नयाँ नागरिकता लिने संख्याकै हाराहारीमा प्रतिलिपि नागरिकता लिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७८/०७९ को भाद्र महिनासम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
भाद्र महिनासम्म प्रशासनबाट २ हजार २६८ वटा नयाँ नागरिकता जारी भएका छन् । सोही अवधिमा २ हजार ६८ जनाले प्रतिलिपि लिएको तथ्याङ्क रहेको छ । भदौ महिनामा मात्रै १ हजार १०६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
चालु आर्थिक वर्षको भदौ महिनासम्म नयाँ नागरिकता लिनेहरुमा बंशजका धेरै रहेका छन । बंशजबाट २ हजार २६४ वटा नागरिकता जारी भएका छन् भने वैवाहिक अंगिकृत ४ वटा रहेका छन् । भदौ महिनामा मात्रै वंशजबाट ९८८ र वैवाहिक अंगिकृत २ वटा नागरिकता जारी भएका छन् । प्रशानसले हालसम्म २ जनाको नागरिकता भने रद्द गरेका छ । जसमा भदौमै १ जनाको नागरिकता रद्द गरिएको छ ।
त्यस्तै प्रशासनले हालसम्म ९० वटा नाबालक परिचय पत्र जारी गरेको छ जसमा भदौ महिनामा मात्रै २८ जनालाई उक्त पत्र वितरण गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८