• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

चितवनमा आज पनि १३ जनाको मृत्यु

  • खबरदाता

चितवनमा आज पनि १३ जनाको मृत्यु

जेष्ठ २,२०७८

चितवन । आइतबार जिल्लामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।सनिवार पनि चितवनमा १३ जनाकै मृत्यु भएको थियो।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ८३ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा ९ ,माडि नगरपालिकामा ३ ,रत्ननगरमा १४,राप्तीमा १, कालिकामा ४ र इच्छाकामनकमा २ गरि थप ११६ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका विभिन्न अस्पतालमा २५१ जनाको आइसियुमा , ५० जनाको भेन्टिलेटरमा र ९६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ३८६२ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका १३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ४ जना , लमजुङका १ , रुपन्देहीका १,सर्लाहीका १,बुटवलका १, नवलपरासीका २ र गुल्मीका २ जना रहेका छन। आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा १,चितवन मेडिकल कलेजमा ६ र पुरानो मेडिकल कलेजमा ५ र भणडारा अस्पतालमा १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या १६७ पुगेको छ ।
आज चितवनमा थप ३९ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ २, २०७८, आइतवार १०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८