• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नारीमाथि हुने अत्याचारको चिरफार ‘तिमी नारी’

  • खवर मुलुक-संबाददाता

नारीमाथि हुने अत्याचारको चिरफार ‘तिमी नारी’

चलचित्रको क्षेत्रमा ख्याती प्राप्त नाम चलेका निर्देशक हुन राजु अधिकारी । विश्वमा कोरोना भाईरसको महामारी फैलिरहेको अवस्थामा पनि सामाजिक दुरी कायम गर्दै थोरै भन्दा थोरै कलाकारहरु लिएर ‘तिमी नारी’ निर्माण गरेका छन् । १६ मिनेट २६ सेकेण्डको मात्र उक्त चलचित्रमा नारीले पाउने गरेको धोका, शोषण, दमन र बिद्रोहको कथा प्रस्तुत गरिएको छ ।

करिव २ दशक अगाडि देखि चलचित्रका निर्देशन गर्दे आएका अधिकारीले ‘द निर्मला’, ‘दिलमा सजाए तिमीलाई’, ‘लेकसाइड’, ‘सुब्बा साहेब’, ‘उल्झन’,‘मेरो आफ्नो’, ‘माया बस्छ की के हो’ लगायतका चलचित्रहरु निर्माण गरिसकेका । हालै मात्र प्रर्दशनमा आएको चलचित्र ‘तिमी नारी’ को कथा आरती अधिकारीले लेखेकी हुन् । आशुतोष फिल्मस् प्रोड्क्सनको ब्यानरमा गिरीश भण्डारी निर्माता र बसन्त शर्माको प्रस्तुति रहेको चलचित्र चितवनमा खिचिएको हो ।

चितवनकै स्थानिय कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रका सहायक निर्देशक केडि प्रशित रहेका छन् भने कलाकारहरु केडी प्रसित, रुक्सना खातुन, किरण गौतम, अजिता परियार, कमला भण्डारी, बिना मोक्तान तथा सुरज पोखरेलले अभिनय गरेका छन् ।

  • प्रकाशित मिति : भदौ ६, २०७७, शनिवार ०३:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८