• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

अनेम संघ (समाजवादी) जिल्ला कमिटी गठन


अनेम संघ (समाजवादी) जिल्ला कमिटी गठन

असार–९, २०८०

चितवन । अखिल नेपाल महिला संघ (समाजवादी) को ९ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । १३५ सदस्य कमिटी गठन गर्दै चितवन जिल्ला पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

चितवन जिल्ला भरिबाट अगुवा महिला नेतृहरुको विशेष उपस्थितीमा सम्पन्न उक्त अधिवेशनबाट कल्पना सापकोटा निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा चण्डिका ढकाल र चन्द्र कुमारी बानियाँ, सचिवमा लक्ष्मी पोख्रेल, उप सचिवमा पार्वती घिमिरे र कोषाध्यक्षमा पार्वती मल्ल सर्व समवत रुपमा चयन हुनु भएको छ । सदस्यहरुमा भने भुगोलको आधारमा जिल्ला भरिबाट सक्रिय महिला नेतृहरुलाई छनोटगरि १२९ जना सदस्यहरु चयन भएको छ ।

अनेम संघ समाजवादीकी निवर्तमान अध्यक्ष पार्वती सिलवालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथी पुर्व कृषि मन्त्रि एंवम पार्टी स्थायी कमिटी सदस्य हरि पराजुली रहनु भएको थियो भने विशिष्ठ अतिथीको रुपमा प्रदेश सभाषद तथा जिल्ला पार्टी इन्चार्ज कृष्णप्रसाद खनाल रहनु भएको थियो । त्यस्तै अन्य विशिष्ठ अतिथीहरुमा अनेम संघ वाग्मती प्रदेश अध्यक्ष मुनु सिग्देल तथा समाजवादी पार्टीका जिल्ला अध्यक्ष अरुण पिडित भण्डारी रहनु भएको थियो ।

उक्त कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गर्दै प्रमुख अतिथी पराजुलीले नव गठित पदाधिकारीहरुलाई बधाई सहित समग्र महिलाहरुको नेतृत्व लिनको लागि शसक्त रुपमा नव गठित कमिटी अग्रसर हुनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा जिल्लाभरिबाट उल्लेख्य मात्रमा उपस्थिती रहेको थियो ।

  • प्रकाशित मिति : असार ९, २०८०, शनिवार १७:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८