• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

चलचित्र “गोबर गणेश” को शुभ साइत सम्पन्न

  • संबाददाता

चलचित्र “गोबर गणेश” को शुभ साइत सम्पन्न

कल्याण अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र “गोबर गणेश” को आइतबार काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ ।
बिलभ्ड इन्टरटेनमेन्ट मार्फत निर्माण गर्न लागिएको कमेडी एक्सन चलचित्रको छायांकन यसै महिनाको तेस्रो हप्ताबाट शुरु गरिने भएको छ ।

हरि कुमार कटुवालले निर्माण गर्न लागेको चलचित्र “गोबर गणेश” मा मुख्य अभिनय जय किसन बस्नेत छन भने अन्य कलाकारमा सियम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का शिशिर भट्टराई ,टेकेन्द्र न्यौपानेर सम्पूर्ण सुनार, प्रेम दूध राज,देव गौतम,सुबिन थिङ लगायतको अभिनय रहने छ।

चलचित्रको प्राबिधिकतर्फ द्वन्द्व निर्देशन राजु किराँतले गर्दै छन् भने संगीत माधव भण्डारी र रिमेस कुमार त्यस्तै सम्पादन अनिल कुमार महर्जन,कथा र संवाद भोमन कटुवालले गर्नेछन। सो चलचित्रको पोस्ट प्रोडक्सन जेनेक्स मिडिया नेपालले गर्ने जनाईएको छ।

  • प्रकाशित मिति : भदौ १६, २०७७, मंगलवार ०२:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८