दोलखाकी अस्मिता श्रेष्ठ सङ्गीतमा लागेको थुप्रै समय पछि भरत बमजनको ‘सिमसिम पानीले निथ्रुक्कै भिजायो’ गीत बाट फेरी चर्चामा आएकी छिन् । जिना रसाइलीसँग मिलेर गाएको यो गीत सफल हुनेमा श्रेष्ठ र रसाइलीका साथमा गीतकार बमजन पनि विश्वस्त छन् ।
कुनै समय भजन र गजलमा सक्रिय रहेकी अस्मिता बिचमा संयुक्त अरब इमिरेट्स पनि पुगेकी थिइन् । यस बिचमा फेरी साङ्गीतिक क्षेत्रमा फर्किएकी अस्मिताले नयाँ उचाइ पाउने अपेक्षा गरिएको छ । त्यसो त नेपालमा थुप्रै गायकको आजको स्थानमा बमजनको सृजनाको ठुलो भूमिका रहेको छ । यी नै मध्य राजेश पायल राईको स्वरमा रहेको ‘बैगुनी रहिछौ मायालु’ अहिले पनि सर्वप्रिय मानिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८